Dr. Prakash Acharya, MD

Reva Skin & Hair Clinic
Khusibu 16, Kathmandu 

9808751945 / 9749717175
Opening Hours: 10 am – 6 pm

नेपालमा पीआरपी (PRP Therapy) उपचार

नेपालमा कपाल झर्ने समस्याको लागि पीआरपी (PRP Therapy) उपचार

कपालको लागि गरिने PRP (प्लेटलेट रिच प्लाज्मा) थेरापी नेपालमा तुलनात्मक रूपमा नयाँ उपचार विधि हो। डा. प्रकाश आचार्य, एमडी नेपालमा कपालको लागि केन्द्रित पीआरपी उपचार गर्ने उत्कृष्ट छालारोग विशेषज्ञ हुन्, जसले उत्कृष्ट नतिजासहित ४०० भन्दा बढी पीआरपी उपचारहरु गरिसक्नु भएको छ।

PRP ले के गर्छ?

PRP मा विभिन्न कपालको लागि चाहिने तत्व (Growth factors) हरु हुन्छन जसले नयाँ कपालको वृद्धिलाई मधत गर्दछ, भइराखेको कपाललाई बलियो बनाउँछ र कपालको मोटाई पनि बढाउँछ। यसले गर्दा कपाल बाक्लो र स्वस्थ हुन्छ ।

PRP उपचारको प्रक्रिया के हो?

उपचारमा बिरामीको आफ्नै रगत झिकिन्छ, प्लेटलेट रिच प्लाज्मालाई त्यो रगतबाट अलग गरिन्छ र कपालको जरामा पर्ने गरि इन्जेक्सन गरिन्छ।

PRP उपचार कति चोटी गर्नुपर्दछ?

डा. प्रकाश आचार्यको सल्लाह अनुसार एक महिनाको अन्तरालमा कम्तिमा ४ पटक (जसको मतलब उपचार पूरा गर्न ३ महिना लाग्ने) गर्नु पर्दछ।

के PRP उपचार गर्दा दुख्छ?

धेरै दुख्दैन। उपचार गराइरहेका बिरामीहरूले प्रायः हल्का दुखाई महसुस गर्न सक्नुहुन्छ जुन सहन सकिने हुन्छ र कुनै नदुख्ने सुइ लगाउनु जरुरि हुदैन। यसबाहेक, यो गरिसकेपछि पनि दुखिराख्ने हुँदैन, यद्यपि केहीले केही दिनको लागि हल्का चिलाएको अनुभव गर्न सक्नुहुन्छ।

के PRP उपचारको कुनै साइड इफेक्ट हुन्छ?

यो बिरामीको आफ्नै रगतबाट बनेको हुनाले, राम्ररी तयार भएमा सामान्यतया कुनै साइड इफेक्ट हुँदैन। यद्यपि, संक्रमणको सम्भावनालाइ ध्यान दिनु जरुरि हुन्छ।

के PRP उपचारका फाइदाहरु स्थायी हुन्छन्?

लगाउने औसधिको तुलनामा PRP उपचारको प्रभावहरू लामो समयसम्म रहन्छ।

नेपालमा PRP उपचारको खर्च कति लाग्छ?

PRP उपचार को एकचोटी को सेसनको 5000 देखि 7000 सम्म पर्दछ। रेभा स्किन एण्ड हेयर क्लिनिक, काठमाडौं मा आएर लागू हुने अफर र छुटहरूबारे छलफल गर्न सकिन्छ।

नेपालमा PRP उपचारको लागि उत्तम ठाउँ कुन हो?

PRP तयारीका विधिहरू फरक-फरक हुनसक्ने हुनाले र PRP उत्पादनको गुणस्तर तयारीको विधिमा धेरै हदसम्म निर्भर भएको हुनाले भरपर्दो ठाउँमा गराउन जरुरि हुन्छ। रेभा स्किन एण्ड हेयर क्लिनिक, काठमाडौंलाई नेपालमा कपालको लागि गरिने पीआरपी उपचार गर्ने उत्कृष्ट क्लिनिक मानिन्छ।

डा. प्रकाश आचार्य संग भेट्न को लागी सम्पर्क गर्नुहोस्: 9808751945 / 9749717175