Dr. Prakash Acharya, MD

Reva Skin & Hair Clinic
Khusibu 16, Kathmandu 

9808751945 / 9749717175
Opening Hours: 10 am – 6 pm

नेपालमा चायाँ पोतोको उपचार। Melasma Treatment in Nepal

डा. प्रकाश आचार्य, छाला रोग विशेषज्ञ

चायाँ पोतो किन आउँछ ?

हाम्रो छालालाई घामबाट बचाउन हाम्रो melanocytes भन्ने सेलले मेलानिन भन्ने पिगमेन्ट अथवा तत्व उत्पादन गर्दछ। र यही मेलानिनले हाम्रो छालाको कलर पनि दिने हो। र यहि मेलानिनको मात्र धेरै भयो भने त्यसले पोतो गराउदछ।

त्यस्तै गरेर नया अध्ययनले अनुहारको छालामा भएका रगतको नसाहरु फुल्ने प्रक्रिया जसलाई vasodilation पनि भनिन्छ, एसले पनि चायाँ पोतो आउन अथवा बढाऊन मद्धत गर्दछ भनेर देखाएका छन्।

चायाँ पोतो गराउने कारणहरु के के हुन् ?

चायाँ पोतो गराउने कारणहरुमा मुख्य ३ कुरा हरु पर्दछन।

१. बंसानुगत – परिवारका अरु सदस्यहरुमा यो समस्या भएमा आफुमा पनि आउने सम्भावना बढी हुन्छ।

२. हर्मोन – त्यसैले प्राय गर्भ अवस्थामा चाया देखिन्छ। तर अरु बेला पनि देखिन सक्दछ।

३. घाम – घामको किरणमा हुने UV rays का कारण चायाँ पोतो बढ्दछ।

यो बाहेक जथाभाबी स्किन प्रोडक्ट्सहरुको प्रयोग, फेसिअल गर्ने बानि, आगो अथवा हिटर ताप्ने बानि ले पनि चायाँ पोतो बढाउदछ।

चायाँ पोतोको उपचार कसरि गरिन्छ ?

चायाँ पोतोको उपचार जहिले पनि छाला रोग विशेषज्ञको सल्लाहमा गर्नु पर्दछ।  यसको उपचारको लागि प्राय सुरुमा मलमहरु जसमा hydroquinone, tretinoin, azelaic acid, tranexemic acid, Cysteamine (Cyspera), Kojic acid आदि प्रयोग हुन्छन।यी मलमहरुले कहिले काही छालालाइ इरिटेट गर्न सक्ने भएको ले कहिले काही स्टेरोइडहरुको प्रयोग पनि गरिन्छ। त्यस्तै vitamin C, Niacinamide, Retinol जस्ता सेरमहरुको पनि प्रयोग हुन्छ। मलमले काम नगरेको खण्डमा Tranexemic Acid को खाने चक्की पनि प्रयोग गरिन्छ। तर यसको प्रयोग छाला रोग विशेषज्ञको सल्लाहमा एकदमै होसियारी पुर्बक गर्नुपर्दछ।

त्यस्तै गरेर चायाँ पोतोको उपचारको लागि केमिकल पिलिंग (Chemical Peeling), माइक्रोनिड्लिंग (Microneedling) आदि को पनि प्रयोग हुन्छ।

सबै भन्दा महत्वपुर्ण उपचार भनेको सनस्क्रिन नै हो। यसको नियमित प्रयोग गर्नु जरुरि हुन्छ र घाम बाट बच्नु पर्दछ।

चायाँ पोतोको उपचारको असर देखिन कति समय लाग्दछ ?

प्राय धेरै जसोमा उपचारको असर देखिन १ देखि २ महिना सम्म लाग्दछ।  त्यहि भएर केहि समय लगाएर असर देखिएन भनेर उपचार छोड्नु हुदैन।

चायाँ पोतोको उपचार गरुन्जेल मात्रै हो ?

चायाँ पोतो कुनै सरुवा रोग अथवा एलर्जी नभएर एक प्रकारको दिर्घ रोग हो। त्यसैले उपचारले नै यसलाई निर्मुल पार्न गार्हो हुन्छ।  तर डाक्टरको सल्लाहमा उपचार गर्यो र उपचार सकिएपछि पनि डाक्टरको फलोअपमा रही राखेर भने अनुसार गर्यो भने धेरै हद सम्म रोक्न सकिन्छ।  र यसको लागि सधै खाने औसधि र कडा मलमको प्रयोग गर्न जरुरि पनि हुदैन।

के चायाँ पोतो जाने मेलाकेयर , स्किनलाइट, स्किनसाइन  अथवा पार्लरमा पाइने बट्टाका क्रिमहरु प्रयोग गर्न हुन्छ?

यस्ता मलम तथा क्रिमहरुमा प्राय सबैमा स्टेरोइड मिसिएको हुन्छ जसले केहि दिनमै चायाँ पोतो गएजस्तो हुन्छ।  तर लगाउन छोड़ना साथ् पोतो फर्किने र एस्तो कुरा लामो समय लगाउदा छाला पातलो हुने , रातो हुने, रौ आउने , छाला सेंसितिभ हुने जस्ता अनेक समस्या आउदछन। त्यस्तै गरेर एस्तो कुराहरु प्रयोग गरेर बिग्रिएको छालामा पछि गएर चायाँ पोतोको उपचार गर्न पनि धेरै गार्हो हुन्छ।  त्यसैले कहिले पनि यस्ता मलम क्रिम हरु आफै प्रयोग गर्नु हुदैन।

नेपालमा चायाँ पोतोको सबै भन्दा राम्रो उपचार कहाँ हुन्छ ?

चायाँ पोतोको उपचार जहिले पनि डाक्टरको सल्लाहमा गर्नु पर्दछ।  यसको लागि मान्यता प्राप्त छाला रोग विशेषज्ञसंग परामर्स गर्नुपर्दछ।  Reva Skin and Hair Clinic ( रेभा स्किन एण्ड हेयर क्लिनिक) मा Dr. Prakash Acharya (डा. प्रकाश आचार्य) द्वारा चायाँ पोतोको उचित उपचार गरिन्छ।