डा. प्रकाश आचार्य, छाला रोग विशेषज्ञ
डन्डीफोर किन आउँछ?
हाम्रो छालालाई चिल्लो र नरम बनाइ राख्न हाम्रो छालामा तेल निकाल्ने ग्रन्थि अथवा सिबम निकाल्ने ग्रन्थि जसलाई हामीले sebaceous gland भन्छौ, त्यो जता ततै फैलिएको हुन्छ। हामीले बाहिरबाट नदेखे पनि यस्ता ग्रन्थिहरु अनुहारमा जता ततै हुने गर्दछन। र यदी केहि कारणले, जस्तै बंसानुगत अथवा एन्ड्रोजेन भन्ने हर्मोनको कारणले गर्दा यस्ता ग्रन्थिहरु ठुलो भए अथवा बढी सक्रिय भए भने धेरै सिबम अथवा तेल निस्किने गर्दछ। यदी यो सिबममा हाम्रो कपालबाट निस्किएका dead cells हरु पनि जम्मा भए भने एउटा डल्लो बनाउछ जसलाई clog भन्न सकिन्छ। यदी यो clog ले त्यो ग्रन्थिको प्वाल थुनिदियो भने डन्डीफोर निस्किन्छ। यदी यो clog छाला भित्रै रह्यो भने त्यसलाई हामीले छालामा सेतो बिबिराको रूपमा देख्न सक्छौ जसलाई हामीले white heads अथवा closed comedones भन्छौ। तर यदी यो clog बाहिर हावामा देखियो भने अक्सिजनले गर्दा त्यो clog अक्सिडाइज भएर कालो रंगमा परिबर्तन हुन्छ र त्यसलाई हामीले black heads अथवा open comedones को रूपमा देख्दछौ। हामीले black heads र white heads दुइटैलाई डन्डीफोरको ग्रेड १ मा राख्दछौ।
र यदी यो जम्मा भएको सिबममा Propionibacterium acnes भन्ने ब्याक्टेरिया बढ्यो र त्यहाँ inflammatory process अथवा जलनको प्रक्रिया भयो भने त्यो डन्डीफोरले रातो बिबिरा अथवा पाकेको बिबिराको रुप लिन सक्दछ। र यदी यही प्रक्रिया बढ्दै गयो र त्यो डन्डीफोर यदी छालाको भित्रै फुट्यो भने त्यहाँ भएको पदार्थ त्यहाँ वरिपरि फैलिएर त्यो डन्डीफोर झनै बिग्रिएर cyst अथवा nodule को फर्म पनि लिन सक्दछ। त्यहिभएर हामीले कहिले पनि डन्डीफोर निचोर्नु हुदैन किनभने डन्डीफोर निचोर्दा त्यो डन्डीफोर छाला भित्रै फुटेर त्यहाको पदार्थ त्यहाँ वरिपरि फैलिन्छ र त्यो डन्डीफोर झनै बिग्रिने सम्भावना हुन्छ।
डन्डीफोरको उपचार कसरि गरिन्छ?
डन्डीफोर प्राय आफै हराउने भए पनि यसले छोड्ने दागको कारण लामो समयसम्म अनुहार नराम्रो देखिन सक्छ। डन्डीफोरको उपचारभन्दा यसले छोड्ने दागको उपचार गर्न पनि धेरै गारो हुन्छ। त्यसैले यसको समयमै उपचार गर्नुपर्दछ।
डन्डीफोरको उपचारमा सबै भन्दा बढी प्रयोग हुने भनेको एन्टीबायोटिक र भिटामिन ए का प्रकारहरु हुन् जुन खाने अथवा लगाउने रुपमा प्रयोग गरिन्छ। लगाउने औसधिहरुमा clindamycin, tretinoin, adapalene, azelaic acid, niacinamide आदि पर्दछन भने खाने औसधिहरुमा doxycycline, azithromycin, isotretinoin आदि प्रयोग हुन्छन।यी सबै औसधिहरुको प्रयोग डन्डीफोरको प्रकार अनुसार गरिने भएको ले छाला रोग विशेषज्ञको सल्लाहमा मात्रै प्रयोग गर्नुपर्दछ। गर्भबती महिलाहरुले यी मध्ये धेरै औसधि प्रयोग गर्न मिल्दैन त्यसैले डाक्टरको सल्लाह लिन एकदम जरुरि हुन्छ।
त्यस्तै गरेर डन्डीफोरको उपचारको लागि केमिकल पिलको पनि प्रयोग गरिन्छ जसमा पराए salicylic acid को प्रयोग हुन्छ।
डन्डीफोरको उपचार गर्न कति समय लाग्छ ?
डन्डीफोरको उपचार यसको प्रकार र ग्रेड अनुसार हुने गर्दछ। त्यसैले प्रयोग गरिएको औसधि अनुसार सन्चो हुन लाग्ने समय फरक फरक हुन्छ। प्राय उपचारले असर देखाउन कम्तिमा पनि १ देखि २ महिना लाग्नसक्छ। फेरी फर्किन नदिन एस्तो उपचार त्यसपछि पनि केहि समय प्रयोग गर्नुपर्दछ।
डन्डीफोरको उपचारमा प्रयोग हुने औसधिको साइड एफेक्ट्स के के हुन् ?
डन्डीफोरको उपचारमा प्राय प्रयोग हुने tretinoin, adapalene, benzoyl peroxide आदि मलमले सुरु सुरुमा छाला सुखा बनाउने, छाला उक्किने, पोल्ने चराउने जस्ता समस्या ल्याउन सक्दछन। यस्तो समस्या कम गर्न यस्ता मलमहरु सुरु गर्दा सकेसम्म थोरै मात्रा बाट सुरु गर्ने, moisturizer संग प्रयोग गर्ने गर्नुपर्दछ। त्यस्तै गरेर डन्डीफोरको उपचारमा प्रयोग हुने खाने र लगाउने औसधिहरुले गर्दा घामको असर छालामा बढी पर्न सक्दछ। त्यसैले सकेसम्म घाममा कम निस्कने र सन्स्क्रिनको नियमित प्रयोग गर्नुपर्दछ।
डन्डीफोरको उपचार गर्न कस्तो Skin Products प्रयोग गर्ने?
डन्डीफोरको उपचारमा skin products हरुको पनि महत्वपुर्ण भूमिका हुन्छ। Skin products छाला अनुसार नमिलेमा तेही products कै कारण पनि डन्डीफोर औन सक्दछ। डन्डीफोर आउने छालामा सकेसम्म non-comedogenic sunscreen र moisturizer प्रयोग गर्नुपर्छ। त्यस्तै facewash मा salicylic acid अथवा benzoyl peroxide भयो भने त्यसले डन्डीफोरको उपचारमा मद्धत गर्छ।
नेपालमा डन्डीफोरको उपचार गर्न कति खर्च लाग्दछ?
डन्डीफोरको उपचारमा प्राय लगाउने र खाने औसधि प्रयोग हुने गर्दछ र यी औसधिहरुको मूल्य २०००-२५०० सम्म पर्न सक्दछ। तर facewash, sunscreen र moisturizer को मूल्यले गर्दा यो भन्दा महँगो हुन जान्छ। यधपि डन्डीफोरको दाग बसिसकेपछि त्यसको उपचार गर्न यो भन्दा कयौँ गुना महँगो हुन्छ।